गठबन्धनलाई मत दिएर गणतन्त्र र संविधानको जित सुनिश्चित गराउनु पर्छ –विमलेन्द्र निधी
वि.सं.२०७९ कात्तिक २७ आइतवार ०९:५०

काठमाडौं । मंसिर ४ गतेको चुनावमा मधेसी जनताको अधिकार दमन गर्ने एमाले नेतृत्वको गठबन्धनलाई परास्त गर्ने अठोट बोकेको पाँच दलीय सत्तागठबन्धलाई मतदान गर्न नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनद्वारा सर्लाहीको बरहथवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधीले नागरिकता समस्या हल गर्न कांग्रेसले अघि बढाएको विधेयक एमालेकै उक्साहटमा राष्ट्रपतिले रोक्दा समस्या थप जटिल भएको बताएका छन्।
उनले सत्ता गठबन्धनलाई मत दिएर संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको जित सुनिश्चित गराउनु पर्ने जिकिर गरेका छन् । त्यस्तै सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं माओवादी नेता रामेश्वर राय यादवले जनमतको अपमान गरेर संसद विघटन गर्ने केपी ओलीलाई जनतासँग मत माग्ने अधिकार नभएको बताएका थिए ।
वि.सं.२०७९ कात्तिक २७ आइतवार ०९:५०

















