skip this farak Kura Pravakar

अबको तीन दिनको मौसम

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अहिले प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको जनाएको छ ।

विभाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबारबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

nijgadh-supermart-adz1200-630