skip this

प्रतिनिधि सभा बैठकमा आजपनि बजेटमाथिको सैद्धान्तिक छलफल हुने

बिहान ११ बजे बैठक बस्ने

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने बजेटमाथिको सैद्धान्तिक छलफलले जनाएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी रहनेछ ।

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् ।

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

nijgadh-supermart-adz1200-630