skip this

सन्दीपलाई तेस्रो सफलता, पीएनजीले गुमायो ६ विकेट

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम सिरिजमा पपुवा न्यूगिनी (पीएनजी) ले ६ विकेट गुमाएको छ । २३.१ ओभरमा ७९ रन जोड्दा पीएनजीले छैटौं विकेट गुमाएको हो । २२.५ ओभरमा नेपालका लेग स्पीनरले पीएजनीका चाल्र्स अमिनीको विकेट लिएका हुन् । २२.५ ओभरमा ललित राजवंशीले रिले हेकुरेको विकेट लिएका थिए ।

सन्दीपले १९.१ ओभरमा असद भालाको विकेट लिएका हुन् । ३१ बलमा २० रन बनाएर खेलिरहेका भालालाई सन्दीपले ललित राजवंशीमार्फत क्याचआउट गराएका हुन् । १३।६ ओभरमा सन्दीपले पीएनजीका सेसे बाउलाई पनि आउट गराएका थिए । त्यसपछि ३.४ ओभरमा ललित राजवंशी र ६.५ ओभरमा सोमपाल कामी पिएनजीको विकेट लिएका थिए ।

nijgadh-supermart-adz1200-630