उपराष्ट्रपतिमा मत माग्न शीर्ष नेताहरुसँग भेट्दै रामसहायप्रसाद यादव
वि.सं.२०७९ फागुन २९ सोमवार १२:१२
1.18K
shares

काठमाडौं। उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँग सिंहदबारमा भेटेर भोट मागेको उनले जानकारी दिएका छन् ।
त्यस्तै उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेर भोट माग्दै छन् । भोलि अरू दलका नेताहरूसँग भेट गर्ने उनले बताएका छन् । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदै छ ।
वि.सं.२०७९ फागुन २९ सोमवार १२:१२

















