skip this

यस्तो छ प्रचण्डको भारत भ्रमणको कार्यतालिका

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा भोलि देखि दिल्ली भ्रमणमा जांदै माओवादी अध्यक्ष प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ।

भाजपा अध्यक्ष जेपी नड्डा संग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र देश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग को भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ।

nijgadh-supermart-adz1200-630