skip this

एमालेलाई सिध्याउँछौं भन्नेहरूलाई निर्वाचनमार्फत जनताले भित्तामा पुर्‍याइदिए–ईश्वर पोखरेल

807 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एमालेलाई सिध्याउँछौं भनेर लागेकालाई जनताले भित्तामा पुर्‍याइदिएको नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै पोखरेलले एमालेलाई सिध्याउँछौं भन्नेहरूलाई निर्वाचनमार्फत जनताले भित्तामा पुर्‍याइदिएको बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत रौतहटमा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनताको माया र स्नेहले नै एमाले समानुपातिक मतमा पहिलो भएको स्पष्ट पारेका छन्।

पोखरेलले अब आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेगरी पार्टीले योजनाबद्ध ढङ्गले काम गरिरहेको बताएका छन् । मिसन ग्रासरुटको मुख्य उद्देश्य भनेको नै तल्लो तहका नेता तथा कार्यकर्ताहरूका समस्याको समाधान र पार्टीलाई जगैदेखि नै बलियो बनाउनु रहेको उनले उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630