skip this hetauda tech

देशका बिभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु

927 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।नवलपरासी (पश्चिम), सर्लाही र कपिलवस्तुमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । नवलपरासी९पश्चिम०को बर्दघाट नगरपालिका–१३ मुदनपुरा बस्ने १८ वर्षीय राजन कोहारको करेन्ट लागेर सोमबार मृत्यु भएको हो । आफ्नै घरको कोठामा सुतेको अवस्थामा टेबुल पंखा पल्टिएर करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको गोडैता नगरपालिका–११ बस्ने ७५ वर्षीया मकुरचन देवी मण्डलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा मोटर जडान भएको कल चलाई नुहाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । कपिलवस्तुको वाणगंगा नगरपालिका–४ हरिहरपूर बस्ने ६५ वर्षीय निम बहादुर भुसालको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

आफनो घर पछाडी रहेको टिनको पालीमा विद्युतको तार टुटेको देखेपछि उक्त तार मर्मत गर्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको चार नम्बरस्थित चन्द्र पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।

nijgadh-supermart-adz1200-630