skip this hetauda tech

अवैध लागू औषधसहित पाँच जना पक्राउ

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।काठमाडौं, कञ्चनपुर, दाङ र चितवनबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । ३ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ सहित झापा दमक उपमहानगरपालिका–९ घर भएका २७ वर्षीय संजय लिम्बुलाई सोमबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १९२७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ व्यक्ति उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट १० ग्राम ३ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ र ५ हजार भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय जसबिन्दर सिह छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१८ फुर्सेखाली बस्ने २४ वर्षीय आकाश रोका मगरलाई ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले सोही ठाउँस्थित गिठेपानीमा लागूऔषध ब्राउनसुगर बेचबिखन गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यलय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको रत्ननगर नगरपालिका–२ टाडी चोकबाट नियन्त्रित लागूऔषध १ सय ३७ एम्पुल नोफिम, १ सय ३८ एम्पुल डाइजेपाम र १ सय ३८ एम्पुल फेनारगन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका–६ बस्ने २९ वर्षीया वन्दना रुम्बा र उनकै श्रीमान ३७ वर्षीय नेमराज रुम्बा रहेका छन् । अस्पताल रोडबाट टाडी चोकतर्फ जाँदै गरेको ना।६१ प ६७२६ नम्बरको मोटरसाइकलाई इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वन्दनाको झोलाबाट उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।

nijgadh-supermart-adz1200-630