skip this

चुनावी सभामा सम्बोधन गर्न गठबन्धनका तीन शीर्ष नेता बैतडी जाँदै

954 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज सत्ता गठबन्धनका तीन शीर्ष नेता चुनावी सभामा सम्बोधन गर्न बैतडी जाँदै छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पाटनमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभाका लागि नेतात्रय पाटन प्रस्थान गर्ने नेपाली कांग्रेस बैतडीले जनाएको छ । संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई ध्यानमा राखेर जिल्लाको पाटनमा चुनावी सभाको आयोजना गरेको हो।

चुनावी सभाका लागि तयारी पूरा भएको संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका चुनाव प्रचारप्रसार संयोजक एवं नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्दले जानकारी दिए। सत्तारुढ शिर्ष नेताहरु बैतडी आउने भएपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । यस्तै उनीहरूको स्वागतका लागि पाटन बजार झकिझकाउ पारिएको छ ।

nijgadh-supermart-adz1200-630