प्रदेशको नामकरण भएको खुसीयालीमा कोशीमा बिहीबार सार्वजनिक बिदा
वि.सं.२०७९ फागुन १७ बुधवार २३:३६
1.12K
shares

मोरङ-प्रदेश नम्बर १ को नाम कोशी प्रदेशको रुपमा नामकरण भएको खसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नामकरण भएको उपलक्ष्यमा प्देशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन पनि गरेको छ ।
वि.सं.२०७९ फागुन १७ बुधवार २३:३६

















