skip this farak Kura Pravakar

तिलोत्तमाका मेयरको पहिलो निर्णय : विद्यार्थीलाई दिवा खाजामा १० रुपैयाँ थप

1.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बुटवल । तिलोत्तमा नगरपालिकाका नव निर्वाचित मेयर रामकृष्ण खाँणले पदभार ग्रहण गरेका छन् ।

चुनावी घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई नगर अस्पताल बनाउने घोषणा गरेका खाँणले सोही भवनको निवर्तमान मेयर बासुदेव घिमिरेले प्रयोग गरेको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् ।

उनले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिइने दिवा खाजामा प्रति विद्यार्थी १० रुपैयाँ थपेर दिने पहिलो निर्णय गरेका छन् ।

हाल संघीय सरकारले दिवा खाजा वापत प्रति विद्यार्थी १५ रुपैयाँ अनुदान दिंदै आएको छ । ‘संघीय सरकारले दिने दिवा खाजाको रकम अलि कम भएकाले १० रुपैयाँ नगरपालिकाको वजेटबाट थपेर २५ पु¥याउने निर्णय गरेका हौं,’ मेयर खाँणले भने, ‘यसले विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै पक्षलाई सहयोग गर्नेछ ।’

शुक्रबार नै उपमेयर जगेश्वरी चौधरीले पनि पदभार ग्रहण गरेकी छन् ।

nijgadh-supermart-adz1200-630