skip this

टोटी नालामा ट्रस्ट पुल बन्ने

2.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ। शुक्लाफाँटा नगरपालिका–७ स्थित टोटी नालमा रु ७१ लाख लागतमा ट्रस्ट पुल बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।

पुल उपभोक्ता समितिमार्फत निर्माण गरिनेछ । त्यसमा सामाजिक तथा प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरको रहेको छ ।

पुल निर्माणका लागि नगरपालिकाको रु नौ लाख २४ हजार १२ (१३ प्रतिशत), समुदायको श्रमदान रु एक लाख ४२ हजार १५५ (२ प्रतिशत), दातृ संस्था स्वावको अनुदान रु ६० लाख ४१ हजार ६२३ (८५ प्रतिशत) रहेको छ ।

पुल निर्माणको कार्य असार मसान्तसम्म सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाइएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए ।

पुल निर्माण भएपछि ४०० घरघुरीका पाँच हजार ५०० लाभान्वीत हुने छन । पुलको लम्बाइ ६४ मिटर रहेको छ ।

nijgadh-supermart-adz1200-630