skip this

आज नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी परेको रिटको सुनुवाइ हुँदै

759 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी परेको रिटको सुनुवाइ हुने भएको छ। आजका लागि पेसी तोकिएको भएपनि समय भने निर्धारण भइसकेको छैन।यसअघि शुक्रवारका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि आजका लागि सुनुवाइ सरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको उल्लङ्घन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय भएपछि सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै रिट दर्ता भएको थियो।बिहान साढे १० बजे सार्वजनिक गरिने पेशी सूचीमा नागरिकतासम्बन्धी विधेयक कसको इजलासमा परेको छ भन्ने थाहा हुने छ।

nijgadh-supermart-adz1200-630