अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु
वि.सं.२०७९ साउन ८ आइतवार १२:१३
1.34K
shares

काठमाडौं । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको शतिगंगा नगरपालिका–१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएको हो ।
अर्घाखाँचीको मालारानी गाउँपालिका– ४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए ।खोलामा डुबेर अचेत भएका खनाललाई तत्कालै उद्धार गरी उपचारको लागि लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको निरीक्षक रेग्मीले बताए ।
वि.सं.२०७९ साउन ८ आइतवार १२:१३

















