आज सुनचाँदीको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?
वि.सं.२०७९ साउन १५ आइतवार ११:४०
1.88K
shares

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको मूल्यमा समन्य वृद्धि भएको छ। आज छापावाल सुन प्रतितोलामा २ सय रुपियाँले बढेर ९५ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रुपियाँमा कारोबा भएको थियो।
यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ।त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोलामा १० रुपियाँले बढेर १२ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
वि.सं.२०७९ साउन १५ आइतवार ११:४०

















