आज मुस्लिम समुदायले ‘इदुलफित्र’ मनाउँदै
वि.सं.२०८० वैशाख ९ शनिवार ०८:५०
;fd'lxs gdfh ul/Fb} afFs], @@ h]7 -/f;;_ M d'l:nd ;dfh afFs]n] O:nfd wdf{jnDaLx?sf] kljq dxLgf …Ob pnlkmqÚsf] cj;/df g]kfnuGhl:yt Obufxf dl:hbdf ;fd'lxs gdfh ul/Fb} . t:jL/ M sfzL/fd zdf{ .
काठमाडौं । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।
चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि व्रत बस्न सुरू भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इदुल फित्र’ पर्वको तिथी तय भएको हो । सोही अनुसार आज मनाउन लागिएको हो । जसअनुसार एक महिना अघि अरबिक क्यालेन्डर अनुसार रमाजान महिना सुरु भएको थियो ।
एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका धर्मालम्बीहरु दिनमा भने निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन छ ।रमजानमा अल्लाहको आशिर्वाद प्राप्त हुने विश्वासका साथ दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्ने कार्य यो महिनामा गरिन्छ ।
रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।
वि.सं.२०८० वैशाख ९ शनिवार ०८:५०

















