skip this

आज सेयर बजार २५ अंकले ओरालो लाग्यो

753 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सेयर बजार करिब २५ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो । क वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घट्दै ३९४.३९ अंकमा झरेको छ । १३ वटा उपसूचक मध्ये सबै उपसूचक ऋणात्मक (नेगेटिभ) भएका छन् । यद्यपि, कारोबार भने २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ ।

यस दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१८ प्रतिशतले घटेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६८ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २।६२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक १.७७ प्रतिशतले, निर्जीवन बिमा समूहको उपसूचक १.७१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.५५ प्रतिशतले माइक्रोफाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक १.९ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने ०।७ प्रतिशतले मात्र घटेको छ ।

nijgadh-supermart-adz1200-630