skip this

बारा जिल्ला अदालतका रजिस्ट्रार जोशीको सरुवा

1.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा जिल्ला अदालतका प्रवक्ता रजिस्ट्रार नवराज जोशीको सरुवा भएको छ ।

दुई वर्षदेखि जिल्ला अदालतमा सेवारत जोशीको सर्वोच्च अदालतमा सरुवा भएको हो ।

सरुवा भएका रजिस्ट्रार जोशीलाई बाराका विभिन्न कार्यक्रमबीच विदाई गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक कार्यक्रममा जिल्ला न्यायाधिवक्ता कैलाश खत्री र आदर्श कोतवाल गाउँपालिका अध्यक्ष जवाहर प्रसादले संयुक्त रुपमा मायाको चिनो सहित बिदाइ गरेका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रसाद, जिल्ला न्यायाधिवक्ता खत्री, नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरुप्रसाद गौतम लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य महेश्वर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630