भ्याट र अनलाईन बिल विनै नदीजन्य पदार्थ बोकेर तामागढी–सिम्रौनगढ हुलाकी सडकमा कुदेका ट्रिफर प्रहरीको फन्दामा !
कारबाहीका लागि स्थानीय तहलाई बुझाईने
वि.सं.२०८१ असार १७ सोमवार ०७:५२
2.06K
shares

बारा–भ्याट बिल र अनलाईन बिल विनै नदीजन्य पदार्थ बोकेर कुदेका ट्रिफर प्रहरीको फन्दामा परेका छन् ।

तामागढी–सिम्रौनगढ हुलाकी सडकको बारागढी खण्डमा आकश्मिक चेकजाँचको क्रममा भ्याट बिल र अनलाईन नभएका आधा दर्जन ट्रिफर प्रहरीले नियन्त्रणमा लिएको हो ।
नदी उत्खनन् बन्द भएको अवस्थामा कोल्हवी क्षेत्रबाट स्टकबाट लोड भएर गएको ग्राभेल लोड गरेका ट्रिफरलाई ईलाका प्रहरी कार्यालय बारागढीको टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा रहेका पाँच वटा ट्रिफरको भ्याट बिल प्रहरी कार्यालयमा बुझाएका थिए । तर, अनलाईन बिल बुझाउन सकेनन् ।
ईलाका प्रहरी कार्यालय बारागढीका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले अनलाईन विल नभएका सवारीलाई कारबाहीका लागि आज स्थानीय तहलाई बुझाईने जानकारी दिए ।
भिडियो :
वि.सं.२०८१ असार १७ सोमवार ०७:५२

















