skip this farak Kura Pravakar

तीन कार्यपालिका सदस्यको पद रिक्त

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाको तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगले सोमबार नेकपा (एमाले)लाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले उनीहरूको पद रिक्त भएको जनाएको छ ।

कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी) र दीपक कुमालले एमाले परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो । उनीहरू तीनै जना नेकपा (एकीकृत समाजवादी) पार्टी आवद्ध भएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उनीहरूको पद स्वतः रिक्त भएको निर्वाचन आयोगका शाखा अधिकृत नवराज विष्टले बताए ।

उनीहरूमध्ये कुमालले पार्टी फुट्नेबित्तिकै एकीकृत समाजवादीमा आवद्ध भएका थिए । हाल उनी सो पार्टीका तुलसीपुर नगर सदस्य हुन् ।

रेग्मी एमालेको जिल्ला सदस्यमा निर्वाचित भएको हप्ता दिन नबित्दै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

nijgadh-supermart-adz1200-630