पशुपतिमा भक्तजनको घुइँचो (फोटोफिचर)
भक्तजनका लागि मन्दिरको ढोका खुला
वि.सं.२०७८ फागुन १७ मंगलवार १२:०९
2.51K
shares

काठमाडाैं । महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।
शिवरात्रिको दिन बिहानै नुहाइधुवाइ गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गङ्गाजल, गाईको दूध र सखरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ । त्यसैगरी अविवाहिता महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ । महाशिवरात्रिको अवसरमा सर्वसाधारण भक्तजनका लागि मन्दिरको ढोका खुला गरिएको छ ।

वि.सं.२०७८ फागुन १७ मंगलवार १२:०९
















