रेडपाण्डाको छालासहित काठमाडौँको एक होटलबाट २ जना जना पक्राउ
वि.सं.२०७९ वैशाख १० शनिवार ०८:१४
1.64K
shares

काठमाडौं । रेडपाण्डाको छाला जस्तो देखिने वस्तुसहित काठमाडौँको एक होटलबाट २ जना जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१ महेन्द्रशालिकस्थित होटल मिर्चीबाट उनीहरूलाई १ थान छालासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका(२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।रेडपाण्डाको छाला बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
वि.सं.२०७९ वैशाख १० शनिवार ०८:१४

















