skip this

स्रोत नखुलेको बीस लाख रकमसहित २ जना भारतीय पक्राउ

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । वीरगन्जमा स्रोत नखुलेको बीस लाख रकमसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा भारत विहार, पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर २० बस्ने संजित कुमार र अनुराग मिश्र रहेका छन्।

वीरगन्ज–१६ रजतजयन्ती चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बी आर ०५ यु ३५०० नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुबै जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।प्रहरीले मोटरसाइकल चालक संजितको साथबाट आफ्नो शरीरको विभिन्न भाग र हेल्मेटमा लुकाएर ल्याएको २० लाख स्रोत नखुलेको रकम बरामद गरेको छ।

nijgadh-supermart-adz1200-630