आठविसकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
वि.सं.२०७९ असार ५ आइतवार ०६:५४
1.34K
shares

काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ । राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्काको ज्यान गएको हो ।प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी ननीमा खसेको थियो ।
वि.सं.२०७९ असार ५ आइतवार ०६:५४

















