लहरी र मोटरसाइकल ठोक्किदा रुपन्देहीमा दुई जनाको मृत्यु
वि.सं.२०७९ वैशाख ८ बिहीवार ११:२२
894
shares

काठमाडौं । रुपन्देहीको सियारी गाउँपालिका–२ कुट्टामा बुधबार बेलुकी मोटरसाइकल र लहरी ठोक्किदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय राम निवास बेलदार र पछाडी सवार ५० वर्षीय रामायण पासी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा भैरहवा स्थित भीम अस्पतालमा मृत्यु भएको हो ।बेथरी–बेलबास सडकखण्डमा लु ७४ प ४४७९ नम्बरको मोटरसाइकल भारतिय नम्बरको लहरीमा हिजो बेलुकी सवा ८ बज ठोक्किएको थियो । लहरी चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ ।
वि.सं.२०७९ वैशाख ८ बिहीवार ११:२२

















