सवारी दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु
वि.सं.२०८० वैशाख ७ बिहीवार १३:४८
771
shares

काठमाडौं। सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा परि महोत्तरी गौशाला बस्ने एकै परिवारका दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गौशाला न.पा ११ का श्रवणकुमार महतो र मोटरसाईकलमा पछाडि सवार बिक्रम कुमार महतोको घटनास्थलमै ज्यान गएको हो ।
लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
वि.सं.२०८० वैशाख ७ बिहीवार १३:४८

















