skip this hetauda tech

यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य

309 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । यूएईका लागि आसिफ खानले शतकिय पारी खेले । आसिफले ४२ बल खेल्दै ४ चौका र ११ छक्काको सहयोगमा १०१ रन बनाए ।

कप्तान मोहमद वसिम र भिर्टिया अबिन्द्रले अर्धशतकीय पारी खेले । त्यस्तै वसिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रन बनाए । अबिन्द्रले १३८ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा ९४ रन बनाए । यूएईका रोहन मुस्तफाले २० रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंसीले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ । यता यूएई पनि आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । लिग–२ मा नेपाल ३५ खेलबाट १८ जितसँगै ३८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । यूएई ३५ खेलबाट ३३ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

nijgadh-supermart-adz1200-630