बारा १ : एमाले उम्मेदवार मैनालीको अग्रता कायमै, चौधरीले २३४ मतान्तर घटाए
अझैं ४१ हजार मत गन्न बाँकी
वि.सं.२०७९ मंसिर ८ बिहीवार १२:२३

बारा–बारा क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फको ९८ हजार ११ मत खसेकोमा ५६ हजार ८३ मत गणना भएको छ । ४१ हजार ९ सय २८ मतगणना गर्न बाँकी छ ।
जसमा २७ हजार ४ सय ६३ मत एमालेका अच्युत प्रसाद मैनालीले प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उमाकान्त चौधरीले २२ हजार ९ मत प्राप्त गरेका छन् ।
मैनालीले ५ हजार ४ सय ४५ मतले अग्रता लिएका छन् । राप्रपाका भत्तबहादुर दर्लामीले १३०३ मत प्राप्त गरेका छन् । जनमत पार्टीका मनोज कुमार यादबले ६२३, हाम्रो नेपाली पार्टी (लौरो) का डा. राकेश न्यौपानेले ५९२, राप्रपा नेपालका शिवप्रसाद तिमल्सिनाले १११ मत प्राप्त गरेका छन् ।
अरु कसको कति ?
कुखरकाको भाले ६९
नमस्कार ३०
करुवा ३९
कमलको फुल ४६
घण्टी २७१५
माछा १५
चापाकल ९६२
क्रस खुकुरी १८
पुतली १०
हेलमेट २३
सुर्यमुखी फूल १५
वि.सं.२०७९ मंसिर ८ बिहीवार १२:२३

















