एमालेले गर्यो टोपबहादुर रायमाझीलाई निलम्बन
वि.सं.२०८० वैशाख २७ बुधवार १४:३४
768
shares

काठमाडौं । सचिव टोपबहादुर रायमाझीलाई नेकपा (एमाले) ले निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो ।
राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् ।
वि.सं.२०८० वैशाख २७ बुधवार १४:३४

















