आज उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिँदै
वि.सं.२०८० वैशाख १९ मंगलवार ०९:१५
711
shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिँदै छन् । गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन ।
संघीय संसद सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउँने छन् ।सोही उपनिर्वाचनवाट विजयी भएका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ ग्रहण गरिसकेका छन् ।
वि.सं.२०८० वैशाख १९ मंगलवार ०९:१५

















