टिप्पणी : अछाम लाग्ने भईन् जीतपुरसिमराकी हाकिम उर्मिला ! बधाई मन्त्रीलाई कि वडा अध्यक्षलाई ?
मन्त्रालयको बरन्डामा थन्काउने र पालिकामै माथिल्लो तहका हाकिम ल्याएर दबाउने मिसन असफल
वि.सं.२०८१ मंसिर १६ आइतवार २२:१६
बारा– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उपसचिव उर्मिला काफ्लेलाई अछामको पञ्चदेवल विनायक नगरपालिकामा सरुवा गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम यस मन्त्रालयको अतिरिक्त समूहमा दरवन्दी कायम रहने गरी मन्त्रालयको १६ मंसिरको निर्णयानुसार काफ्लेलाई तीन महिनामा दोस्रो पटक सरुवा गरेको हो ।
बैशाख २८ मा जीतपुरसिमरा आएकी उपसचिव काफ्लेलाई यसअघि साउन ३ मा काज फिर्ता गरेको थियो । मन्त्रालयले उनको स्थानमा चेतकुमार पोखरेललाई पठाउने निर्णय गरेको थियो । सरुवा विरुद्ध अदालत गएकी काफ्लेको अन्तरिम आदेशमार्फत स्थगित भएको थियो ।
सहसचिवको दरबन्दीमा मन्त्रालयका सहसचिव वीरेन्द्र भारतीलाई २७ भदौमा जीतपुरसिमरा पठाउने निर्णय गरेको थियो ।
उपसचिव काफ्लेले उक्त निर्णयको विरुद्धमा पनि सर्वोच्च अदालतको अवहेलना भएको भन्दै अर्को रिट दर्ता गराएकी थिइन ।
रिट खारेज
उपसचिव काफ्लेले दायर गरेको दुवै रिटको सुनवाई गदै मागदावी नपुगेको भन्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले नै खारेज गरेको थियो ।
९ मंसिरमा सर्वोच्च अदालतले रिट खारेज गरेपछि एक सातापछि मन्त्रालयले उपसचिव काफ्लेलाई आछाम काजमा खटाएको हो ।
उपमहानगरपालिकाको १० औं नगर सभामा मेयर राजन पौडेलको पक्षमा उभिएपछि असन्तृष्ट बनेका नेकपा (एमाले) र नेपाली कांग्रेसका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत काफ्ले विरुद्ध खनियो । यो समुहले काफ्लेको सरुवाका लागि योजनावद्ध रुपमा लागेको थियो ।
एमाले पर्साका नेता राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि सहजै सरुवाको निर्णय गराउन सफल भएको असन्तृष्ट समूहले अदालतको अन्तिरिम आदेशले ब्रेक लागेको थियो ।
काज फिर्ता गरेर भूमिका विहीन बनाएर मन्त्रालयको बरन्डामा थन्काउने योजना असफल भएपछि सहसचिव भारतीलाई पठाएर पालिकामै माथिल्लो तहका हाकिम ल्याएर दबाउने मिसन समेत अन्तिरिम आदेशले असफल भयो ।
नयाँ पठाउने टुड्डो छैन
रिट खारेजपछि काफ्लेलाई मन्त्रालयले आईतबार अछाम काजमा खटाएपनि जीतपुरसिमरामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने टुड्डो छैन ।
मन्त्री गुप्ताले जीतपुरसिमरामा सहसचिवको दरबन्दीमा भारतीलाई पठाउँछन् कि उपसचिव नै खोजेर पठाउँछन् त्यो भने टुड्डो छैन ।
बधाई मन्त्रीलाई कि वडा अध्यक्षलाई ?
उपसचिव काफ्ले सरुवाको सूचना उपमहानगरपालिका आईनपुग्दै १६ नं. वडा अध्यक्ष हरिदेव खरेलले फेसबुकबाट सार्वजनिक गरे । आश्चर्य भावमा वडा अध्यक्ष खरेलले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई अछाम सरुवा गराएको चिठी पो आएछ !
मन्त्री परिषद, विभागीय मन्त्रालय र जीतपुरसिमराको कार्यपालिकामा रहेकोे ३२ मध्ये उपमेयर सहित २६ कार्यपालिका सदस्यहरुलाइ बेवास्ता गर्दै एकलौटी हिडेको वडा अध्यक्ष खरेलले काफ्लेलाई आरोपित गरे ।
काज सरुवाको पत्र आउँदा प्रमुख प्रशासकीय अधिकृत काफ्ले आईतबार उपमहानगरपालिकाको कार्यकक्षमा थिईन् । सत्ताको शक्ति प्रयोग गरेर काफ्लेको सरुवा भएको छ । गुप्ताले पार्टीका नेताहरुको अनुरोधमा गरेको सरुवाको निर्णय विवादित बन्दै आएकोमा तीन महिना लगाएर अन्ततः सरुवा गर्न सफलता मिलेको छ ।
काज सरुवाको निर्णय सार्वजनिक गरेका पोष्टमा वडा अध्यक्ष खरेललाई कमेन्टमा बधाई आईरहेको छ । लडाईमा जित भयो अब त भोज हुन पर्नी होइन र ? भनेर समेत प्रतिकृया आएको छ ।
वि.सं.२०८१ मंसिर १६ आइतवार २२:१६