skip this farak Kura Pravakar

भूमि अधिकार मञ्चद्धारा टाँगिया बस्तीमा दुई दिने प्रशिक्षण सञ्चालन

1.05K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको सहजीकरणमा “सुरक्षित घरबास सबैलाई, खोतीयोग्य जमिन किसानलाई” सम्बन्धी दुई दिने सङगठन एवं अभियान सुध्ढीकरणका लागि अभिमुखीकरण कार्यक्रम बाराको टाँगिया बस्तीमा सम्पन्न भएको छ ।

जिल्ला भूमि अधिकार मञ्चको आयोजनमा आत्मनिर्भर सेवा केन्द्र तथा राष्ट्रिय भूमि मञ्च, नेपालको सहयोगमा आयोजित कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका १६ टाँगिया बस्तीस्थित नेपाल मगर संघको हलमा भएको थियो ।

कार्यक्रममा निजगढ, कोल्हवी, जीतपुरसिमरासहित विभिन्न स्थानीय तहका ३० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष सन्त बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण चन्द्रिका मगरले गरेकी थिईन् ।

प्रशिक्षणको क्रममा संगठन विकास, जिल्लाको नक्शांकन, भूमि आयोगसँगको छलफल र वार्षिक योजना निर्माण जस्ता विषयहरूमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको छ ।

सहभागीहरूले जिल्ला आयोग गठनपछिको भूमि नापजाँच, लगत संकलन, प्राथमिकता निर्धारण, र निस्सा प्राप्ती अभियानलाई सहजीकरण गर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस प्रशिक्षणले भूमि अधिकार सम्बन्धी विषयमा थप जानकारी, सामूहिक रणनीति, र योजनाहरू बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको कार्यक्रमका जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य पवित्रा कार्कीले बताईन ।

कार्यक्रमकामा जीतपुरसिमरा उपमहानगरपालिका १६ का वडा सदस्य हेम बहादुर बर्जा, विशिष्ठ अतिथी राष्ट्रिय भुमिअधिकार मञ्चकी केन्द्रीय कोषाध्यक्ष पावर्ती थामी, केन्द्रीय सदस्य विन्दु श्रेष्ठ, मधेश प्रदेश मञ्चका सचिव अनुप माझी, सहसचिव टिका वहादुर अधिकारी, राष्ट्रिय भुमिअधिकार मञ्चका पुर्व केन्द्रीय सदस्य रमेश सापकोटालगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले भूमि अधिकारको सुनिश्चितता र स्थानीय समुदायहरूको सशक्तिकरणका लागि एकजुट हुने र आयोगलाई आवश्यक दबाब र सहयोग प्रदान गर्ने संकल्प गरेका छन् ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630