देशको राजनीतिमा देखापरेका विसंगतिविरुद्ध जुध्ने संकल्पमा हामी प्रतिबद्ध छौँ –माधवकुमार नेपाल
वि.सं.२०७९ माघ ८ आइतवार १०:४६

काठमाडौं। वर्तमान राजनीतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा रौतहट–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको समसामयिक राजनीतिक विषयमा प्रशिक्षण तथा सम्मान कार्यक्रममा नेपालले इमानदारिता, निष्ठा र समर्पण भावले राजनीति गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले नेपालको राजनीतिका साथै आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको जिकिर गरेका छन् । । उनले नेपाली राजनीतिमा देखापरेका विकृति, विसंगतिविरुद्ध जुध्ने संकल्पमा आफुहरु प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । स्वयं सत्तामा बस्नेहरू नै अवरोधका रूपमा रहेका छन्,’ उनले भने, ‘ती विकृतिमा हामी पनि विभिन्न हिसाबले मुछिने गरेका छौँ । ती सबै विकृतिबाट मुक्त भएर हामीले उदाहरणीय काम गरेर दुनियाँसामु हाम्रो शिर ठाडो पार्ने गरी अघि बढ्नुपर्छ ।’
वि.सं.२०७९ माघ ८ आइतवार १०:४६

















