skip this

विप्लव नेतृत्वको नेकपासँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्छौं : गृहमन्त्री

882 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ– गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित काठमाडौं उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा मन्त्री खाणले भने, ‘यसअघिको सरकारले विभिन्न राजनितिक दलसँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्न प्रतिवद्धताका साथ लागेका छौं ।’

केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बिचमा भएको सहमति अनुसार सो पार्टीका कार्यकर्ता अझै जेलमुक्त भएका छैनन् । ‘उहाँहरुलाई मेरो आग्रह छ, सहमतिलाई अघि बढाउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको छ,’ गृहमन्त्री खाणले भने, ‘केही कानुनी जटिलता छन् तर सम्झौतालाई सम्वोधन गरेर सवैलाई राष्ट्र निर्माणमा सहभागी गराउन चाहन्छौं ।’

अपराधको स्वरुप र प्रवृत्तिमा परिवर्तन आएको हुनाले अनुसन्धान थप जटिल बनेको उल्लेख गर्दै मन्त्री खाणले भने, ‘सुरक्षा निकायको सक्षमता वृद्धि गर्न प्रतिबद्ध छु ।’

nijgadh-supermart-adz1200-630