केपी ओलीकाे `साली´लाइ राष्ट्रिय याेजना आयाेगमा नियुक्ति ! काे हुन् डा. अन्जान शाक्य ?
समाचार बाचिकादेखि राजदुत हुँदै याेजना आयाेगसम्म

वि.सं.२०७९ माघ १६ सोमवार २१:५०

काठमाडौं-सरकारले राष्ट्रिय याेजना आयाेगकाे नियुक्तिमा नेकपा (एमाले) अध्यक्ष केपी ओलीकाे सालीलाई समेटेकाे छ ।
साेमबार तीन जना सदस्य नियुक्ति गरेकाे थियाे । त्यसमध्ये एक हुन्, डा. अन्जन शाक्य । उनी एमाले परराष्ट्र मामिला विभाग सचिव हुन् । उनकाे नाम एमालले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा राखेको थियाे ।
एमालेका नेताहरुका अनुसार अध्यक्ष ओलीकै जोडबलमा उनी सदस्य भएकी हुन् । यस अघि उनलाई ओलीले आफू प्रधानमन्त्री हुदाँ राजदूत बनाएका थिए । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् । तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन् ।
ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पनि शाक्य ‘किचन क्याबिनेट’ की सदस्य थिइन् । त्यसबेला उनलाई जापानको राजदूत बनाउने प्रयास भएको थियो । तर, ओलीको पारिवारिक अवरोधपछि शाक्य राजदूत सिफारिस हुन सकिनन् ।
साेमबार दिउँसाे नेपाल भ्रमणमा रहनु भएकी अमेरिकाको कुटनीतिक तथा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डसंगकाे अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीसँग भेटवार्तामा डा. शाक्य सहभागी थिईन् ।
को हुन् शाक्य ?
यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो साधै आफू भन्दा…
बोलको चर्चित गीतकी गायिका हुन् शाक्य । एमालेबाट निर्वाचित पुर्व सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन् ।
नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत रहेकी शाक्यलाई ओलीकै जोडबेलमा एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपनिर्देशक पनि बनाइएको थियो । तर, यो पदका लागि मापदण्ड नपुगेपछि उनको जागिर गुमेको थियो ।
व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यले पद्मकन्या कलेजमा २०५२ करीब एक दशक प्राध्यापन गरेकी थिइन् । साथै अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष रहेर काम गरेको अनुभव छ ।
ढेढ दशक भन्दा बढी समयदेखि परराष्ट्रमामिला सम्वन्धि कार्यमा क्रियाशील शाक्यले नेपाल ओमेन च्याम्वरको अध्यक्ष भएर विदेशी लगानी नेपालमा भित्र्याउनका लागि निकै भूमिका खेलेकी छिन् । लामो समयदेखि सोही क्षेत्रमा क्रियाशील उनले ‘नेपाल चाइना रिलेशन’, ‘नेपाल इण्डिया रिलेशनल’गायत आधा दर्जन पुस्तकको सम्पादन गरेकि छिन् ।

वि.सं.२०७९ माघ १६ सोमवार २१:५०