skip this

र्‍यापदेखि काठमाडौंको मेयरसम्म : को हुन् वालेन्द्र शाह ?

4.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार र्‍यापपर वालेन्द्र शाह निर्वाचित भएका छन् ।

फरक पृष्ठभूमिका युवाले महानगर नेतृत्व पाएपछि महानगरबासीमा मात्र होइन देशभर उत्साह देखिन्छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार वालेन्द्रले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत पाएकी छन्। बालेन्द्र र सिर्जनाको मतान्तर २३ हजार ४२६ रहेको छ ।

को हुन् वालेन्द्र ?

काठमाडौं महानगर प्रमुखमा नवनिर्वाचित वालेन्द्र साह कोही नभएर र्‍यापपर हुन् । जसको अध्ययन स्ट्रक्चरल इञ्जिनियर हो। उनको पेशासमेत स्ट्रक्चरल इन्जिनियरिङ हो। महोत्तरीमा जन्मिएका बालेनले इन्जिनियरिङ भारत गएर पढेका हुन् ।

आम नेपालीमाझ भने उनी विभिन्न गीत लेखन, गायन, निर्देशनसँगै र र्‍याप गीतमार्फत् चिनिन्छन्। नेपाली युवा पुस्ताले उनलाई र्‍यापपरका रुपमा चिन्ने गरेका छन्। उनले काठमाडौं महानगरको नेतृत्वमा पुग्नका लागि आफ्नो र्‍याप गीतको लोकप्रियतालाई नै धेरै सदुपयोग गरेको देखियो। जसले काठमाडौंमा मात्र होइन राष्ट्रिय राजनीतिमा नै तरंग पैदा गरेको छ ।

वालेन्द्रको पुर्ख्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-२ मा पर्छ। वालेन्द्रको जन्म कुवदेवी साह र बुवाको रामनारायण साहबाट भएको हो ।

वालेनको पुर्खौली घर एकडारा गाउँपालिका २ मा छ। उनका हजुरबुबा मुनिलाल साह तेली गाउँका जमिन्दार थिए । वालेनका बुवा डा. रामनारायण साहले गाउँको १० कट्ठा मन्दिरका लागि दान दिएका छन् भने उनको पुर्खौली घरमा अहिले एकडारा गाउँपालिका कार्यालय रहेको छ ।

उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नाकोत्तर गरेका छन् ।

शक्तिशाली पार्टीबाट उम्मेदवार बनेका आफ्नो आमा र बुवाको उमेरका सिर्जना सिंह र केशव स्थापितलाई पछारेका वालेनको आजदेखि अग्निपरीक्षा सुरु भएको छ। नागरिकका अपेक्षा धेरै भएकाले वालेनका लागि काठमाडौं महानगरको मेयर पद अवसरसँगै चुनौतीको एउटा पहाडसमेत हो ।

nijgadh-supermart-adz1200-630