skip this farak Kura Pravakar

३ अर्ब ५२ करोड रुपैयाँ बोकेर भाग्दै गरेकी महिला सीमानाबाट पक्राउ

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। पछिल्लो समय ठूलो रकमको कारोबार बैंकमार्फत गर्ने गरिन्छ । बोकेर लिएर हिँड्न झण्झट र चोरी वा लुटपाट हुने जोखिमका कारण मानिसहरु ठूलो रकमको लेनदेन बैंकिङ प्रणालीमार्फत गर्छन् । तर, एउटी महिला भने ३ अर्ब ५२ करोड रुपैयाँ नगद सहित पक्राउ परेकी छिन् । यी महिला रुसको आक्रमणको मार झेलिरहेको युक्रेनबाट भागेर जाने प्रयास गर्दै गर्दा पक्राउ परेकी हुन् ।

रुसको आक्रमणका कारण अहिले लाखौं मानिसहरु युक्रेन छोडेर अन्य देशमा भागेर गइरहेका छन् । यसरी भागेर अर्को देशमा शरण लिने शरणार्थीहरुको संख्या ३० लाखभन्दा धेरै भइसकेको छ । युक्रेनबाट शरणार्थीहरु बाहिर गइरहेको भिडमा एउटी सुन्दर र हट महिला पनि हंगेरीको शरणार्थी सीमामा पुगिन् । यी महिला त्यहाँ पुग्दा आफ्नो साथमा २९ मिलियन डलर नगद लिएर पुगेको बताइएको छ ।

यी महिला युक्रेनका एउटा ठूला बिजनेस टाइकुन र नेताकी पत्नी हुन् । डेलीमेलको रिपोर्टअनुसार यी महिलाले यति धेरै पैसा अमेरिकी डलर र युरोका नोटहरुको रुपमा लिएर पुगेकी थिइन् । उनले लिएर गएको पैसा हंगेरीको कस्टम डिपार्टकेन्टले समातेको छ । यो पैसा विवादमा रहिरहने युक्रेनका पूर्व सांसद इगोर कोटभित्स्कीकी पत्नी अनास्तासिया कोटभित्स्काको सामानको साथमा भेटिएको थियो ।

सामाजिक संजालमा पैसाको फोटो भाइरल भइरहेको छ । युक्रेनको स्थानीय मिडिया रिपोर्टका अनुसार पूर्वसांसदकी पत्नीविरुद्ध आपराधिक मुद्दा दर्ता गरिएको छ । एक समय कोटभित्स्की युक्रेनका सबैभन्दा धनी सांसद थिए । यद्यपि कोटभित्स्कीले अहिले आफ्नी पत्नीको सुटकेसमा २९ मिलियन डलर भेटिएको सम्बनिधत रिपोर्ट गलत भएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630