skip this

म्यादी प्रहरीमा युवाको क्रेज (भिडिओसहित)

सप्तरीको राजविराजस्थित राज रङ्गशालामा हजारौं युवाको भिड

2.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी । स्थानीय तह निर्वाचन २०७९ का लागि आज देखी म्यादी प्रहरीको भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालयले चैत ६ देखि ११ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन दिन सकिने जनाएको छ ।

आवेदन खुलेसंगै सप्तरीको राजविराजस्थित राज रङ्गशालामा हजारौं युवाको भिड लागेको छ । जिल्ला प्रहरी कार्यालयमा धेरै भिडभाड हुने भएकाले राज रङ्गशालामा भर्नाको आवेदन भर्ने प्रकृया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अबिनारायण काफ्ले जानकारी दिए । सप्तरीमा तीन हजार एक सय ३९ जना माग गरिएको छ ।

निर्वाचनका लागि देशभरीबाट १ लाख म्यादी प्रहरीको माग गरिएको छ । आवेदनका लागि अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत १ हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

भिडियो

nijgadh-supermart-adz1200-630