skip this

बलात्कार गरेको आरोपमा एकजना पक्राउ

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रिबास नगरपालिका–८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती किशोरीलाई आइतबार दिउँसो डर त्रास देखाई आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630