इजरायलमा घाइते भएका नौ नेपाली मध्ये दुईको अवस्था गम्भीर : पराष्ट्र मन्त्रालय
वि.सं.२०८० असोज २१ आइतवार ०९:०४
843
shares

काठमाडौं। इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको छन्। घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाको छ।
मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले उक्त पुष्टि गरेको हो। ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन।
मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।
वि.सं.२०८० असोज २१ आइतवार ०९:०४

















