skip this

बरियारपुरमा मोटरसाइकल दुर्घटनापछि विवाद, युवकको पिठ्युँमा चक्कु प्रहार

123 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा दुई वर्षीया बालिकालाई मोटरसाइकलले ठक्कर दिएपछि उत्पन्न विवादले हिंसात्मक रूप लिएको छ। विवादका क्रममा १९ वर्षीय एक युवकलाई चक्कु प्रहार गरी घाइते बनाइएको छ।

बुधबार बिहान करिब १० बजे बरियारपुर बजारबाट बरियारपुरतर्फ जाँदै गरेको प्रदेश ०८–००१ प ०३१९ नम्बरको मोटरसाइकलले सडकमा खेलिरहेकी स्थानीय दुई वर्षीया अनुष्का कुमारी लहेरालाई ठक्कर दिएको थियो। १५ वर्षीय बालकले चलाएको उक्त मोटरसाइकलको ठक्करबाट बालिकाको दाहिने हातमा चोट लागेको थियो।

घटनापछि बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। सामान्य उपचारपछि उनलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

बालिकालाई मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर विवाद चर्किएपछि स्थानीय ३५ वर्षीय भीम लहेरा र मोटरसाइकल चालक मिलेर १९ वर्षीय सुरज साह लहेरामाथि चक्कु प्रहार गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।

चक्कु प्रहारबाट सुरजको पिठ्युँमा चोट लागेको छ। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भीम लहेरा र मोटरसाइकल चालक दुवैलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630