skip this

जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा

1.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गरिरहेको छ ।पूर्वअरनिको यातायात प्रालिले आज पनि जाजरकोट र पश्चिम रुकुमका लागि एक–एकवटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ।

सो बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन्। हिजोसहित आज बिहानको लागि पनि निःशुल्क बसको व्यवस्था गरिएको छ।

जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ। उता, पृथ्वी यातायातले पनि प्रभावित परिवारको लागि एउटा निःशुल्क बसको व्यवस्था गरेको छ।

nijgadh-supermart-adz1200-630