बाढी, पहिरोमा परी पाकिस्तानमा १० जनाको मृत्यु
वि.सं.२०७९ साउन २९ आइतवार १२:०९
2.44K
shares

काठमाडौं । मनसुनी वर्षासँगै आएको बाढी, पहिरोमा परी पाकिस्तानमा कम्तीमा १० जनाको ज्यान गएको छ । गएको २४ घन्टामा पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनकारी दिएको छ ।
पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रान्तका अधिकांश स्थानमा बाढी आएको र त्यसमा परेर छ जनाको ज्यान गएको छ ।
वि.सं.२०७९ साउन २९ आइतवार १२:०९
















