skip this farak Kura Pravakar

नयाँबजारबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं।  काठमाडौं महानगरपालिका–६ नयाँबजार गितान्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जना छन् । उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले  उनीहरूलाई २ लाख ४२ हजार रुपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटा सहित पक्राउ गरेको हो ।

nijgadh-supermart-adz1200-630