skip this

बागदेव दुग्ध उत्पादक सहकारीद्वारा गाईमा बाँझोपनको निःशुल्क गोठ–गोठ उपचार सेवा सम्पन्न

60 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा कृषकका गाईमा देखिने बाँझोपनसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको निःशुल्क गोठ–गोठ उपचार सेवा सम्पन्न भएको छ।

इन्टरनेसनल लाइभस्टक रिसर्च इन्स्टिच्युट (ILRI) र जिल्ला भेटेरिनरी अस्पताल, बारा (कलैया) को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत पहिलो चरणमा ४० भन्दा बढी कृषक सदस्यका गोठमा पुगेर पशु स्वास्थ्य सेवा प्रदान गरिएको हो।

कार्यक्रमअन्तर्गत कृषकका गाईमा देखिएको बाँझोपनसम्बन्धी समस्याको विशेषज्ञ उपचार, निःशुल्क औषधि वितरण तथा भिडियो एक्स–रे (Video X-Ray) सेवा उपलब्ध गराइएको सहकारीले जनाएको छ।

पशुपालन व्यवसायमा देखिने बाँझोपनको समस्या न्यूनीकरण गर्दै कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

पहिलो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै दोस्रो चरणको उपचार सेवा सञ्चालनका लागि बाँकी कृषक सदस्यका पशुहरूको लागत संकलन कार्य छिट्टै सुरु गरिने सहकारीले जनाएको छ।

nijgadh-supermart-adz1200-630