धादिङमा मलामी बोकेको गाडी दुर्घटना,११ जना घाइते
वि.सं.२०७९ असार ४ शनिवार ०९:१०
1.87K
shares

काठमाडौं ।गएराति धादिङमा मलामी बोकेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । निलकण्ठ नगरपालिका ८ मा मलामी बोकेको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका हुन। घाइते भएका ११ जनामध्ये ज्वालामुखी २ का ४६ वर्षीय शिवकुमार श्रेष्ठ, ज्वालामुखी ३ का १५ वर्षीय अशोक श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय पदम बहादुर मगर, २५ वर्षीय नारायण श्रेष्ठ र धन बहादुर मगरलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ।
मलामी लिएर ज्वालामुखी गाउँपालिका–३ मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बरको स्वराज गाडी मैदीभञ्ज्याङमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।घाइतेमध्ये ६ जना जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपश्चात् डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।
वि.सं.२०७९ असार ४ शनिवार ०९:१०
















