skip this

लिबियामा मालवाहक डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता

681 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब आइतबार ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले जनाएको छ । लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै उद्धारको प्रयास गरिएपछि १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको तटरक्षक बलले जनाएको छ ।

“आप्रवासीहरूको स्थानान्तरणको क्रममा डुङ्गा डुबेको र १७ व्यक्तिहरूलाई ९कार्गो० पोतद्वारा उद्धार गरिएको थियो भने करिब ३० आप्रवासीहरू हराइरहेका छन्,” तटरक्षकले बताएका छन् । इटालीको दक्षिणी तट क्यालाब्रियामा भएको पानीजहाज दुर्घटनामा परी कम्तीमा ७६ आप्रवासीको मृत्यु भएको ठीक दुई हप्तापछि भूमध्यसागरमा पछिल्लो विपत्ति आएको हो ।

इटालीको तटीय क्षेत्रतर्फ जाने जोखिमपूर्ण सेन्ट्रल मेडिटेरेनियन क्रसिङमा आप्रवासीको बढ्दो सङ्ख्या बढेपनि आइतबारको उद्धारले मृत्युको दोष कसको थियो भनी प्रश्न उठ्ने निश्चित छ ।इटालीको तटरक्षक बलले डुङ्गा लिबियाको खोज तथा उद्धार क्षेत्रमा रहेको र यस घातक घटनाले भूमध्यसागरका अन्य देशहरूको ‘निष्क्रियता’ उजागर गरेको बताएको छ ।

nijgadh-supermart-adz1200-630