राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण
वि.सं.२०७९ फागुन २९ सोमवार १६:३६
693
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन् । उनले आज त्यहाँ पुगेर शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका हुन । नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
वि.सं.२०७९ फागुन २९ सोमवार १६:३६

















