skip this hetauda tech

धनुषामा २१ वर्षीय छोराद्वारा ३६ वर्षीया आमाको हत्या

585 shares
oil-nigam-amlekhgunj-adv.jpeg

धनुषा-धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार विहान पक्राउ गरेको छ ।

उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630